अस्थिरताको खेल सुरु भएको एमाले महासचिव पोखरेलको टिप्पणी (भिडियो रिपोर्टसहित)

१४ माघ २०७९ काठमाडौं । नेकपा एमालेका नेताहरुले अहिले राजनीतिमा अस्थिरताको खेल सुरु भएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय सहमति खोजेपछि एमालेको यस्तो टिप्पणी आएको हो ।
एमालेले आयोजना गरेको शहीद स्मृति कार्यक्रममा महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रमा फसाउने कोशिस भएको बताउनुभयो । उहाँले एमाले गम्भीर रहेकाले सही ट्रयाकमा ल्याउन लागिपरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलालाई लिएर उपाध्यक्ष नेम्वाङले यसलाई सामान्यरुपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले यसले सत्तागठबन्धनमा फरक नपार्ने समेत उल्लेख गर्नुभयो ।
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्यालाई समाधान गर्न राजनीतिक दल र त्यसको नेतृत्व समक्ष रहेको दाबी गर्नुभयो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने राष्ट्रपतिमा एमालेको उम्मेदवार नै आधिकारिक भएको दाबी गर्नु भयो ।
प्रतिक्रिया