Main News

लेबननमा नेपाली महिला सैनिक : शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह (भिडियो रिपोर्टसहित)

२०७९ माघ १३ गते १६:४८
लेबननमा नेपाली महिला सैनिक : शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह (भिडियो रिपोर्टसहित)

१३ माघ २०७९ लेबनान । लेबनन मिसनमा खटिएका नेपाली महिला सैनिकले शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

लेबनान र इजरायलको बीचको तनाव मत्थर गर्न संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई ब्लु लाइन क्षेत्रमा खटाएको छ । सुरक्षाका दृष्टिले निक्कै संवेदनशील मानिएको त्यही ‘ब्लु लाइन’ क्षेत्रमा शान्ति कायम गर्ने कार्यमा नेपाली महिला सैनिक पनि खटिँदै आएका छन् ।

संयुक्त राष्टसंघको आग्रह अनुसार नेपाली सेनाले शान्ति सेनामा खटिने महिला सैनिकको संख्या बढाउदै गएको छ । गत वर्ष ३८ जना महिला सैनिक खटिएको लेबनन मिसनमा यो बर्ष ८१ खटिएका छन् ।

लेबनन मिसनमा खटिएका महिला सैनिकले द्वन्द्वग्रस्त क्षेत्रमा माइन प्रोटेक्ट भेहिकल एमपीभी समेत चलाउदै आएका छन् । द्वन्द्वग्रस्त क्षेत्रमा एमपीभी चलाउने थोरै महिलामा सैनिकमध्ये एक हुन नेपाली सेनाकी जवान रुद्राक्षी कार्की ।

पहिलो पटक महिला सैनिकको रुपमा शान्ति स्थापना गर्न लेबनन मिसनमा खटिएकी कार्कीले सुरक्षाका दृष्टिले निक्कै संवेदनशील मानिएको ‘ब्लु लाइन’ क्षेत्रमा एक वर्षसम्म माइन प्रोटेक्ट भेहिकल (एमपीभी) चलाउनु हुनेछ ।

महिला सैनिकले पनि सुरक्षाका दृष्टिले निक्कै संवेदनशील मानिएको लेबनन र इजराइलबीचको ‘ब्लु लाइन’ क्षेत्रमा खटिएर नागरिक–सैनिक सम्बन्ध विस्तार गर्नुका साथै आमजनताको घर–घरमा पुगेर महिला र बालबालिकालाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

नेपाली सेनाले सन २००० देखि महिलालाई शान्ति सेनामा खटाउन सुरु गरेको हो । हालसम्म २ हजार ७१ नेपाली महिला सैनिकले मिसनमा सहभागिता जनाएका छन् । पुस मसान्तसम्म ५ सय ६ महिला सैनिक विभिन्न मिसनमा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *