Main News

तोसिमाको ‘तुजुक’ : राज्यमन्त्री तोसिमाबाट आईसीयू प्रोटोकल उल्लंघन !(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ११ गते २०:४७
तोसिमाको ‘तुजुक’ : राज्यमन्त्री तोसिमाबाट आईसीयू प्रोटोकल उल्लंघन !(भिडियो रिपोर्टसहित)

११ माघ २०७९ काठमाडौं । संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका युवालाई हिजो हतार–हतार कीर्तिपुर अस्पताल पु-याइयो । अस्पताल पुगेपछि मात्रै ति युवाको परिचय थाहा भयो ।

शरीरको असी प्रतिशत भाग जलेका उनको अवस्थाबारे चासो व्यक्त भइरहँदा राति स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले उनीसँग गरेको भिडियो संवाद नै सार्वजनिक भयो । जुन भिडियोले अस्पतालको लापर्बाही र राज्यमन्त्री तोसिमाको गैर–व्यवसायिकता पनि सतहमा ल्याइदियो ।

दृश्य कीर्तिपुर अस्पतालको आइसीयूको हो । आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य शैयामा छटपटाइरहेका छन् । र, यिनी चाहिँ स्वास्थ्य तथा जनसंख्या मन्त्री तोसिमा कार्की ।

संभवत् आचार्यले सामाजिक सञ्जालमा पोष्ट गरेको लामो सन्देशमा आफ्नो पनि नाम पढेपछि तोसिमा मंगलबार राति आचार्यको अवस्था बुझ्न अस्पताल पुगिन । सायद, विभागीय राज्यमन्त्री हुनुको जिम्मेवारीबोध पनि यहाँसम्म डोहो¥याएको हुनुपर्छ । तोसिमा र प्रेमबीच संवाद पनि भएको छ ।

त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिँदैन । अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न भन्दा आचार्यले ‘पेन किलर’ लगाइदिन भन्छन् । त्यसपछि उनले ‘रवि सरलाई पनि पठाइदिनुस् भन्छन् ।

आफैं जनरल सर्जन रहेकी मन्त्रीको यो काम मानवीय संवेदनाको दृष्टिकोणले त ठीकै हो । तर, आइसीयूको संवेदनशीलता, बिरामीको अवस्था र अस्पतालमा पालना गर्नुपर्ने आधारभूत नियमका दृष्टिकोणले नि ?

यि तीनै दृष्टिकोणले राज्यमन्त्री तोसिमाले यहाँ गम्भीर गल्ती गरेकी छन् । उनले आइसीयूको मर्यादा र विरामीको गोपनियता भंग गरेकी छन् । बिरामी नजिक मात्र गएकी छैनन्, नांगो होतले छोएकी छन् । छटपटाइरहेको विरामीसँग लामो कुराकानी गरेकी छन् । आइसीयूमा भिजिटरलाई यो हदको छुट संभव हुन्छ ?

कि मन्त्री भएको कारणले उनलाई मात्रै छुट दिएको हो अस्पताल प्रशासनले ? आइसीयूमा क्यामेरा लिएर जाने इजाजत कसले दियो ? भिडियो कसले खिचेर छ्यापछ्याप्ती बनायो रु मन्त्री भएपछि जे गर्न पनि छुट हो ? भनेर सोध्दा अस्पताल प्रशासनसँग स्पष्ट जवाफ छैन ।

आइसीयूमा यो हदको लापरबाही हुनुको जिम्मेवार को ? पहिलो अस्पताल प्रशासन र दोस्रो मन्त्रीको रवाफ देखाउने तोसिमा । गल्ती महसुस गर्नु त कता हो कता अस्पतालबाट निस्किए लगत्तै तोसिमाले मन्त्री हुनुको तुजुक र चिकित्सकको गैर–व्यवसायिकता प्रेमको तस्वीरसँगै सामाजिक सञ्जालमा पोष्ट गरिन् । तोसिमाको यो हकर्तको आलोचना भइरहेको छ ।

चर्चा कमाउने नियत, हतारको असाबधानी वा चिकित्सकसमेत हुनुको गैर–व्यवसायिकता जे भएपनि राज्यमन्त्री तोसिमाबाट गल्ती भएको छ । अरुभन्दा फरक छु र पृथक गर्छु भन्ने तोसिमाले यो गल्तीको प्रायश्चित गर्नुले चाहिँ सकारात्मक सन्देश दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *