Main News

आत्मदाह गरेका आचार्यको मागमा समर्थन जनाउँदै प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ११ गते १७:३३
आत्मदाह गरेका आचार्यको मागमा समर्थन जनाउँदै प्रदर्शन (भिडियो रिपोर्टसहित)

११ माघ २०७९ काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको मागमा समर्थन जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।

हिजो सामाजिक सञ्जालमा विभिन्न माग राख्दै पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका ३७ वर्षीय आचार्यको आज बिहान उपचारका क्रममा मृत्यु भएको थियो । उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।

यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गर्नुभएको छ । उहाँले आचार्यले उठाएका मागका बारे छानबिन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

मृतक आचार्यकी श्रीमती नानुकाले छोराछोरीको शिक्षाको सुनिश्चिताता गरिदिन, आफुलाई रोजागारी दिन र श्रीमानले लिएको ऋण तिरिदिन आग्रह गर्नुभयो ।

गृहमन्त्री लामिछानेले भेटेसँगै आचार्यका आफन्तले उनको शव बुझेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *