Main News

प्रधानमन्त्री र मन्त्रीले कुन गाडी चढ्छन् ? कति छ बजार मूल्य ?

हिमालय टिभी
२०७९ माघ ११ गते १६:४८
प्रधानमन्त्री र मन्त्रीले कुन गाडी चढ्छन् ? कति छ बजार मूल्य ?

११ माघ २०७९ काठमाडौं । मन्त्रिपरिषद् फेरवदलसँगै मन्त्रीले चढ्ने गाडी पनि फेर्ने गरिन्छ । मन्त्री हुने वित्तिकै नयाँ गाडी चढ्ने मोह राख्ने धेरै छन्। मन्त्री फेरिएसँगै नयाँ गाडी खरिद गर्ने विषय चर्चामा मात्रै रहदैन, विवादित पनि हुनेगरेकोछ ।

मुलुकको विकासमा खर्च गर्नुपर्ने रकम आफ्नो विलासिताका लागि खर्च गरेको भन्दै आलोचना हुने गरेको छ । तर पनि मन्त्रीहरु गाडी फेर्नबाट पछि हट्दैनन् र हटेका पनि छैनन ।

पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्का केही मन्त्री नयाँ गाडी खरिदका लागि तम्सिएका छन् । ति मध्ये उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले चढ्ने गाडी पुरानो भएकाले फेर्न माग गर्नुभएको छ । शहरी विकास मन्त्री विक्रम पाण्डेले पनि आफु चढ्ने गाडी फेर्न खोज्नु भएको छ । नेपालका प्रधानमन्त्री र मन्त्रीले कुन गाडी चढ्छन् रु त्यसको बजार मूल्य कति छ रु हेरौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
गाडीः टोयटा ल्याण्ड क्रुजर ३००
मूल्यः ४ करोड ९२ लाख रुपैयाँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने
गाडीः टोयटा ल्याण्ड क्रुजर
मूल्यः १ करोड ६३ लाख रुपैयाँ

शहरी विकासमन्त्री विक्रम पाण्डे
गाडीः हुन्डाइ सोनाटा एस।ई
मूल्यः ३० लाख ४४ हजार रुपैयाँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल
गाडीः मित्सुविशी पजेरो स्पोर्टस्
मूल्यः १ करोड ६५ लाख रुपैयाँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल
गाडीः मित्सुविशी पजेरो स्पोर्टस्
मूल्यः १ करोड ६५ लाख रुपैयाँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल
गाडीः फोर्ड इन्डेभोर
मूल्यः १ करोड ४९ लाख रुपैयाँ

भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्री राजेन्द्रप्रसाद राई
गाडीः टोयटा ल्याण्ड क्रुजर
मूल्यः २ करोड २५ लाख रुपैयाँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी
गाडीः टोयटा ल्याण्ड क्रुजर प्राडो
मूल्यः २ करोड २५ लाख रुपैयाँ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *