Main News

इजरायल-लेबनानको ब्लु लाइनमा नेपाली सेना, स्थानीय छन् खुसी र सुरक्षित (भिडियो रिपोर्टसहित)

२०७९ माघ ११ गते १६:२४
इजरायल-लेबनानको ब्लु लाइनमा नेपाली सेना, स्थानीय छन् खुसी र सुरक्षित (भिडियो रिपोर्टसहित)

११ माघ २०७९ लेबनान । द्वन्द्वग्रस्त देश लेबनान र इजरायललाई छुट्याउन संयुक्त राष्ट्रसंघले एक सय २० किलोमिटर रेखा (ब्लु लाइन) कोरिदिएको छ ।

दुवै देशले त्यस रेखाबाट अघि नबढ्ने कबुल संयुक्त राष्ट्रसंघसमक्ष गरेकाले आधिकारिक सिमाना नभएपनि ब्लु लाइनको १५ किलोमिटर रेखदेख गर्ने जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

त्यही ब्लु लाइन वरपर संयुक्त राष्ट्रसंघको म्याण्डेड बिपरित हुनसक्ने गतिविधि रेखदेख गर्न नेपाली सेना खटाइएको छ । सेनाको उपस्थितिले लेबनानी नागरिक खुसी मात्र होइन सुरक्षित समेत महसुस गरिरहेका छन् ।

पश्चिम एसियाको भूमध्यसागर छेउमा रहेको सानो र सुन्दर देश लेबनन लामो समय देखि द्वन्द्वको चपेटामा छ । लेबननको दक्षिण–पूर्वीे छिमेकी देश इजरायलसंग तनावमा छ । यी दुई देशको सीमावर्ती क्षेत्रमा कतै ‘टी–वाल’ त कतै कँडे तार लगाइएका छन् । दुई देशबीचको तनाव मत्थर गर्न ब्लु लाइन क्षेत्र निर्धारण गरिएको छ ।

सीमा क्षेत्रमा जारी द्वन्द्व नियन्त्रण गर्न नेपाली सेनाका प्रमुख सेनानीको कमान्डमा करिब ८ सय ५० जना शान्ति सैनिक खटिदै आएका छन् । ब्लु लाइन क्षेत्रमा दक्षिणपूर्वी लेबनानका ७ नगरपालिका र एक गाउपालिका छन् । नेपाली सेना खटिएको दक्षिण–पूर्वी लेबनानको १५ किलोमिटर क्षेत्र सुरक्षाका दृष्टिले निक्कै संवेदनशील मानिन्छ । शान्ति सैनिकका रूपमा सेनाले लेबनन र इजराइल बिचको ब्लु लाइन क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको छ ।

लेबनान र इजरायलबीच उत्पन्न द्वन्द्वको अवस्थालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावअनुसार सन् १९७८ मार्च २३ मा यो मिसन स्थापना भएको थियो । स्थापनाकाल देखि नै नेपाली सेना शान्ति सेनाको रुपमा युनिफिल्ड मिसनमा खटिदै आएको छ ।

शान्ति सेनाको रुपमा नेपाली सेनाले लेबनका जनतालाई सुरक्षाका साथै स्वास्थ्य उपचार र पुर्बाधार निर्माणका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । नेपाली सेनाको भुमिकाको लेबननी जनताले प्रशंशा गर्दै आएका छन् ।

द्धन्द्वग्रस्त क्षेत्रमा शान्ति सेनाको रुपमा खटिएर नेपाली सेनाले ४५ वर्ष देखि शान्ति स्थपानाका लागि निरन्तर प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *