Main News
संसद् भवन अगाडि आत्मदाह प्रयास गर्नुभएका आचार्यको निधन
२०७९ माघ ११ गते ९:२८
११ माघ २०७९ काठमाडौं । सङ्घीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
८० प्रतिशत शरीर जलेको उहाँको आज बिहान ५ बजे उपचारकै क्रममा निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ ।
इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गर्नुभएको थियो ।
प्रतिक्रिया