Main News

पश्चिमी क्षेत्रका पहाडमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना

हिमालय टिभी
२०७९ माघ ११ गते ८:५३
पश्चिमी क्षेत्रका पहाडमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना

११ माघ २०७९ काठमाडौं । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागमा भने आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । आज दिउँसो दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले आउने २४ घण्टामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै पश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा र केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *