Main News

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु, केही घाइते

२०७९ माघ १० गते १७:२०
भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु, केही घाइते

१० माघ २०७९ बजुरा । भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको बताइएको छ । मंगलबार दिउँसो भूकम्प गएका बेला जंगलमा घाँस काटिरहेका बेला ढुगां खस्दा उनको मृत्यु भएको स्थानियले बताएका छन् ।

घटना भएको भनिएको ठाउँमा प्रहरीको टोली खटाइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताएका छन् । थापाका अनुसार स्थानीयले दिएको जानकारी अनुसार अपुस्ट खबर भएकाले यस विषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछि मात्र जानकारी हुने बताइएको छ ।

त्यसैगरी भेँडा चराउन गएका गौमुल गाउँपालिका वडा न १ का एक जना घाइते भएका छन । जंगलमा भेँडा चराउन गएका बेला पहिरो जाँदा ४० देखि ५० भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीय सुवास रोकायाले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *