Main News

भूकम्पले बाजुरामा घर भत्कायो, थप क्षतिको विवरण संकलन हुँदै

हिमालय टिभी
२०७९ माघ १० गते १६:५३
भूकम्पले बाजुरामा घर भत्कायो, थप क्षतिको विवरण संकलन हुँदै

१० माघ २०७९ बाजुरा । बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको कालिकोट आसपासको मेला केन्द्र बिन्दु भएर आज दिउँसो ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पका कारण जिल्लाको बडिमालिका नगरपालिका– ७ सिराडीमा एक घर भत्किएको स्थानीयले बताएका छन् ।

जिल्लाका करिव एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको र अधिकांश स्थानका घरहरु चर्केको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अहिलेसम्म मानवीय क्षति भने कतै नभएको बताइएको छ । जिल्लाभरको विस्तृत जानकारी भने आउन बाँकी छ । डोटीसहित सुदूरपश्चिमका धेरै जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

गत कार्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *