Main News

राज्यका संयन्त्रहरु ट्रयाकबाहिर रहेकाले काम गर्न कठिनाइः गृहमन्त्री लामिछाने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १० गते १६:४४
राज्यका संयन्त्रहरु ट्रयाकबाहिर रहेकाले काम गर्न कठिनाइः गृहमन्त्री लामिछाने (भिडियो रिपोर्टसहित)

१० माघ २०७९ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताउनु भएको छ ।

ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाई भएको उल्लेख गर्दै अव केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताउनुभयो ।

त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो । उहाँले राज्यका संयन्त्रहरुलाई हिजो चलायजस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तरगतको आधा समस्या आफै हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गर्नु भयो ।

उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गर्नुभयो । संसदमा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *