Main News
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै
२०७९ माघ १० गते ८:५७
१० माघ २०७९ काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसोका लागि बोलाइएको छ ।
दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभाको बैठक बोलाइएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम हेरफेर गर्नुहुनेछ । त्यसैगरी बैठकमा नवनिर्वाचित सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई दलीय आधारमा बधाई तथा शुभकामना दिनका लागि बोल्न दिने आजको सम्भावित कार्यसूची रहेको छ ।
सभामुख घिमिरेले प्रतिनिधि सभा सञ्चालन तथा कामकारबाही चुस्त राख्ने बारेमा हिजो प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नु भएको थियो ।
प्रतिक्रिया