Main News

जनकपुरधामका दुई युवाको अपहरणपछि भारतमा हत्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ८ गते १७:२१
जनकपुरधामका दुई युवाको अपहरणपछि भारतमा हत्या (भिडियो रिपोर्टसहित)

८ माघ २०७९ जनकपुरधाम । जनकपुरधामका दुई युवाको अपहरणपछि भारतमा हत्या भएको छ ।

१३ दिनदेखि सम्पर्कविहिन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।

भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने रोहितको नातेदारको घर गएका दुई युवाको हत्या भएको भारतीय प्रहरीले जनाएको छ । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्वरबाट फोन आइरहेको थियो ।

सुरुमा २० लाख मागेको अपहरणकारीले फिरौती रकम बढाएर ५० लाख पुर्‍याएका थिए । तर भारतीय प्रहरीले आज बिहान दुई युवाको शव भेटिएको भन्दै साहको परिवारलाई सम्पर्क गरेका थिए ।

हत्यामा संलग्न रहेको शंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेको नाम गोप्य राखिएको छ । चार जना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *