Main News

यस्तो रहनेछ आगामी तीन दिनको मौसमी अवस्था

हिमालय टिभी
२०७९ माघ ८ गते ८:५४
यस्तो रहनेछ आगामी तीन दिनको मौसमी अवस्था

८ माघ २०७९ काठमाडौं । भोलि रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायु केही बलियो देखिएको मौसमविद्ले बताएका छन् ।

यसपालि आएका पश्चिमी वायुहरू कमजोर हुँदा हिउँदे वर्षा राम्ररी हुन सकेको छैन । तर भोलि राति नेपालको पश्चिमी भेगबाट नेपाल प्रवेश गर्ने प्रणाली केही बलियो देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले यो प्रणालीको प्रभावले भोलि रातिदेखि पर्सि दिउँसोसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनेछ । अहिलेसम्मको अवस्था हेर्दा यो प्रणाली पर्सिसम्म नै पश्चिममा रहने देखिएको उहाँको भनाइ छ ।

महाशाखाले ३ दिनसम्मको मात्र मौसम पूर्वानुमान गर्ने गरेकाले पर्सिसम्मको अवस्था मात्र थाहा भएको हो । आजलाई भने प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *