Main News

काठमाडौं महानगरपालिका प्रति स्थानीय नेवार समुदाय आक्राेशित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ६ गते १८:०८
काठमाडौं महानगरपालिका प्रति स्थानीय नेवार समुदाय आक्राेशित (भिडियो रिपोर्टसहित)

६ माघ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्धाधुन्ध रुपमा नीजि सम्पत्तिमा डोजर चलाउन थालेपछि स्थानीय नेवार समुदाय आक्रोशित बनेका छन् ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले प्रक्रिया समेत नपुराएर नीजि सम्पत्तिमा समेत डोजर चलाउन थालेपछि स्थानीय नागरिक आक्रोशित बनेका हुन ।

पुस २८ गते शंखमुलस्थित स्थानीय शान्ति सिंह अवाले डंगोलको निजी सम्पत्तिमा महानगरपालिकाले डोजर चलाएको विषयमा हिमालय टेलिभिजनले समाचार प्रशारण गरेको थियो ।

समाचार प्रशारणपछि नेवारी समुदायबाट महानगरपालिका र नगरप्रहरी विरुद्ध विरोधका कार्यक्रम सुरु गरेका छन् । पीडित सिंहको परिवार र स्थानीय समुदायको तर्फबाट वडा प्रतिनिधि मार्फत शुक्रवारको महानगरको नगरसभामै ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै माघ १५ गते काठमाडौंको माइतीघर मण्डलामा नेवारी संघ संस्थाको पहलमा बृहत विरोध कार्यक्रम गरिने भएको छ । कुनै एक व्यक्तिका लागि भन्दा पनि महानगरपालिकाको गैरकानूनी र गुण्डागर्दी शैली विरुद्ध कार्यक्रम गर्न लागिएको अगुवाले जानकारी दिएकाछन् ।

व्यक्तिको नीजि सम्पत्ति संरक्षण गर्ने दायित्व जनप्रतिनिध र महानगरपालिकाकै भएको पनि उनीहरुले स्मरण गराएका छन् । महानगरपालिकाले गर्ने राम्रो कामका पक्षमा आफूहरु सघै उभिने तर प्रक्रियासंगत रुपमा काम गर्न पनि नेवारी समुदायको आग्रह छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *