सातै प्रदेशमा मिर्गौला प्रत्यारोपणको सुविधा पुर्याउन पहल गर्ने प्रधानमन्त्रीको आश्वासन (भिडियो रिपोर्टसहित)

६ माघ २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपणको सुविधा पुर्याउन पहल गर्ने बताउनुभएको छ ।
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले काठमाडौंमा गरेको मिर्गौला प्रत्यारोपण गरेकाहरुको भेलामा प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशमा प्रत्यारोपणको सेवा पुर्याउन सरकार लागि पर्ने बताउनुभएको हो । उहाँले यो सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने दावी समेत गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा पनि गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले गरिब नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफल रुपमा भएको उपलक्ष्यमा प्रत्यारोपीहरुको भेला आयोजना गरेको हो । भेलामा प्रत्यारोपीहरुले आफ्नो अनुभव र समस्याहरु प्रधानमन्त्री समक्ष राखेका थिए ।
प्रतिक्रिया