Main News

मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने अध्यक्ष ओलीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ६ गते १६:१६
मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने अध्यक्ष ओलीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

६ माघ २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनु भएको छ ।

काठमाडौंमा एमालेको परराष्ट्र मामिला विभागको आयोजनामा सुरु भएको दुई दिने अभिमुखिकरण कार्यक्रम उद्घाटनमा अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउ चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताउनुभयो ।

उहाँले सीमा समस्यालगायतका समस्याहरु समाधान हुने गरी परराष्ट्र नीति संचालन गर्न लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

अध्यक्ष ओलीले विकासलाई तीव्रता दिएर अघि बढन सहज हुने गरी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *