Main News

प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउने सभामुख घिमिरेको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ६ गते १६:१०
प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउने सभामुख घिमिरेको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

६ माघ २०७९ काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।

सभामुखको पद तथा गोपनियताका शपथपछि सिंहदरबारस्थित कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई अझ बढी क्रियाशील बनाउन प्रयत्न गर्ने बताउनु भएको हो ।

सभामुख घिमिरेले नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

सभामुख घिमिरेले आजै राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिनुभएको थियो । शपथ अघि नै उहाँले नेकपा एमालेको पार्टी सदस्यता त्यागेको घोषणा गर्नु भएको थियो ।

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ । घिमिरे हिजो १६७ मतसहित सभामुख निर्वाचित हुनुभएको थियो ।

घिमिरेलाई एमालेसँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदले मत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *