Main News

उपसभामुखको निर्वाचन माघ ७ गते

२०७९ माघ ५ गते १७:३६
उपसभामुखको निर्वाचन माघ ७ गते

५ माघ २०७९ काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराउनुभएको हो ।

उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *