Main News

सांसदको होटल बास, प्रदेश सरकारलाई आर्थिक भार (भिडियो रिपोर्टसहित)

२०७९ माघ ४ गते १६:५८
सांसदको होटल बास, प्रदेश सरकारलाई आर्थिक भार (भिडियो रिपोर्टसहित)

४ माघ २०७९ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा ७ सदस्यीय मन्त्रिमण्डल बन्यो । तर, मुख्यमन्त्रीसँगै शपथ लिएका मन्त्रीको भने मन्त्रालय तोकिएको छैन ।

मन्त्रालय नतोकिँदा उनीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍मै हाजिर हुने गरेका छन् । मन्त्रालय नपाएका कारण मन्त्री क्वार्टरमा बस्न नपाउने हुँदा कतिपय मन्त्री आफन्तको घरमा त कतिपय होटलमै बस्ने गरेकाछन् । होटलमा बस्दाको भरपाई प्रदेश सरकारले नै गरेकोछ, जसले आर्थिक भार थपिएको छ ।

यो हो विराटनगरको बिग होटल । तर, यो होटल अहिले मन्त्रीको बासस्थान बनेको छ । पुस २५ गते मुख्यमन्त्री हिक्मतबहादुर कार्कीसँगै शपथ लिएका ६ जना मन्त्रीमध्ये तीन जना होटलमा र तीन जना आफन्तका बस्छन् । दिनभरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर हाजिर गर्ने बाहेक ६ जानै मन्त्रीको अरु काम छैन । मन्त्रालय नतोकिँदा क्वार्टर समेत टुंगिएको छैन ।

अहिले होटलमा तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूका लागि कोठा लिइएको छ । मन्त्री बस्ने हरेक कोठाको दैनिक ४ हजार ६ सयदेखि ५ हजार ९ सय रुपैयाँसम्म सरकारले तिर्नु परेको छ । तीनै जना मन्त्रीको बसाइमा मात्र दैनिक दैनिक २७ हजार रुपैयाँ खर्च हुन्छ ।

दुई–दुई वटाका दरले चार र पिएसओ तथा सचिवालयका अन्यलाई सुताउन पनि थप दुई वटा कोठाको व्यवस्था गरिएको छ । पिएसओका लागि भनेर कुल ६ वटा कोठाको दैनिक २७ हजार भन्दा बढी होटलमा तिरिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

मन्त्रीमा नियुक्त भएकामध्ये दुर्गा प्रसाद चापागाईँ र बुद्धिकुमार राजभण्डारी विराटनगरमै आफन्तकोमा बस्दै आउनुभएको छ । मन्त्री जीवन आचार्य पनि विराटनगरस्थित आफ्नै घरमा बस्दै आउनुभएको छ । दलहरुबीच भागवण्डाको टुङ्गो लगाउन नसक्दा प्रदेशलाई आर्थिक भार परिरहेको छ । तर, मुख्यमन्त्री कार्की मन्त्रीका होटल खर्चलाई सामान्य ठान्नु हुन्छ । उहाँ त अझै केही समय मन्त्रालय टुंग्याउन लाग्ने बताउनुहुन्छ ।

मन्त्रालय नतोक्दासम्म सबै मन्त्रीको अहिले मुख्यमन्त्री कार्यालयमा कार्यालय कक्ष बनाइएको छ । तीन तल्लामा मन्त्रीहरूलाई एउटारएउटा कोठामा सीमित गर्दा कर्मचारीलाई पनि सकस पर्ने गरेको छ । सबै मन्त्रीको गाडी मुख्यमन्त्री कार्यालयमा थुप्रिदा ठूलो समस्या परेको छ । जस कारण मन्त्रीकै सवारी साधन पनि सार्वजनिक सडकमा पार्किङ गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *