Main News
मौसममा आज आंशिक बदली, भोलिदेखि पानी पर्ने सम्भावना
२०७९ माघ ४ गते ८:५४

४ माघ २०७९ काठमाडौं । भोलिबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
आज बिहानैदेखि आकाश धुम्मिएको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको महाशाखाले जनाएको । तराईका केही भु–भागमा हुस्सु/कुहिरो लागेको छ र बाँकी भू–भाग सामान्यतया सफा छ ।
महाशाखाका अनुसार कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही ठाउँमा आज दिउँसो र राति हिमपात हुने सम्भावना छ ।
प्रतिक्रिया