Main News

बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

२०७९ माघ ३ गते १७:५६
बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

३ माघ २०७९ हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उहाँले एक सय पाँच मत प्राप्त गर्नुभएको छ । विश्वासको मतको पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो ।

आज अपराह्न बसेको प्रदेशसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन सदस्यले विपक्षमा मतदान गर्नुभएको थियो । मतदानमा एक सय नौ सदस्यले भाग लिनुभएको थियो । नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत प्रदान गर्ने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले बताउनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी छ दलका सदस्यले मत दिनुभएको थियो । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *