राजनीति

‘प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर कांग्रेसको राष्ट्रपति लिने दाउ’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ३ गते १७:३५
‘प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर कांग्रेसको राष्ट्रपति लिने दाउ’  (भिडियो रिपोर्टसहित)

३ माघ २०७९ काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाउनुभएको छ ।

एमाले उपमहासचिव रिमालले सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने भन्दै काँग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढिरहेको बताउनु भयो ।

उहाँले सभामुख पदमा एमालेले उम्मेदवारी दिने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले काँग्रेससहितका अन्य दलहरुसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताउनुभयो ।

एमाले उपमहासचिव रिमालले एमालेबाट सभामुखका उम्मेदवार बन्नेका लागि मत माग्न नै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जिकिर गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *