Main News

मधेस प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

हिमालय टिभी
२०७९ माघ ३ गते १७:०७
मधेस प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

३ माघ २०७९ जनकपुरधाम । मधेस प्रदेशसभाको सभामुख पदमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनु भएको छ ।

मधेस प्रदेशसभाको आज बैठकबाट माओवादी छोडेर एमाले रोजेका मण्डल सभामुखमा निर्वाचित हुनु भएको हो । मण्डलको पक्षमा ७४ मत परेको छ भने सभामुख पदकै अर्का उम्मेदवार कांग्रेसका जंगीलाल रायको पक्षमा २९ मत परेको छ ।

बैठकमा उपस्थित कुल सांसदको संख्या १ सय ३ रहेको छ । २०४६ सालमा एमालेको अनेरास्ववियुबाट विद्यार्थी राजनीतिक जीवन सुरुवात गरेका मण्डल शिक्षण पेशामा रहँदै गर्दा २०५४ मा माओवादीमा सदस्यस्ता लिएको र २०५९ देखि पूर्णकालिन सक्रिय राजनीतिको सुरुवात गरेका थिए । पछि नेकपाबाट माओवादी र एमाले फुटदा उहाँले आफनो पुरानो पार्टी एमाले नै राज्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *