Main News
माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा
२०७९ माघ ३ गते १२:४०
![माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा](https://www.himalayatv.com/wp-content/uploads/2021/12/maobadi-peris.jpg)
३ माघ २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ ।
माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
शर्मा सञ्चार तथा सूचना प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उहाँले जानकारी दिनुभयो । श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ ।
प्रतिक्रिया