Main News

बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै

२०७९ माघ ३ गते ९:३१
बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले  विश्वासको मत लिदै

३ माघ २०७९ मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनुहुने कार्यसूची रहेको छ ।

प्रदेशसभाको आज अपराह्न बस्ने बैठकको सो कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *