Main News

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

हिमालय टिभी
२०७९ माघ ३ गते ८:५३
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

३ माघ २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

दिउँसो चार बजे सर्वदलीय बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लाग्नुभएको हो । बैठकमा सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचनका बारेमा पनि कुराकानी हुने नेताहरूको भनाइ छ ।

नेपाली काँग्रेसले माओवादी केन्द्रले राष्ट्रपति र सभामुखको निर्वाचनमा कांग्रेसलाई सघाउने नेता चन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार आजको सर्वदलीय बैठकमा यस बारेमा पनि कुराकानी हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *