Main News

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक (भिडियो रिपोर्टसहित)

२०७९ माघ २ गते २१:२१
सडक दुर्घटनाको डरलाग्दो तथ्यांक (भिडियो रिपोर्टसहित)

२ माघ २०७९ काठमाडौं । आइतबार यती एयरको जहाज दुर्घटनासँगै भएको मानवीय क्षतिका कारण देश शोकमा छ । सरकारले शोक बिदा नै दिएको छ ।

सडकमा गुड्ने सवारी दुर्घटनामा त दैनिकजसो ठूलो संख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् । यो क्रम पछिल्ला वर्ष बढ्दै गएको छ ।

नेपालमा विगत ६७ वर्षमा हवाई क्षेत्रमा भएका दुर्घटनामा ९ सय १७ जनाको मृत्यु भएको छ ।

माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र विद्रोह निकै भयानक थियो । १० वर्षसम्म चलेको युद्धमा १७ हजार मानिसले ज्यान गुमाए ।
विश्वव्यापी महामारी कोरोना संक्रमणमा विगत ३ वर्षमा नेपालमा १२ हजार २० जनाको मृत्यु भएको छ ।

यी तीनै प्रकृतिका घटना सर्वाधिक चासो, चिन्ता र चर्चाका विषय बने ।
अब सडक सवारी दुर्घटनाको कुरा गरौँ । विगत ५ वर्षको तथ्यांकलाई मात्रै हेर्ने हो भने यो संख्या निकै भयावह छ । तर सडकमा हुने दुर्घटनाका सम्बन्धमा न कुनै राष्ट्रिय चर्चा हुन्छ, न कुनै पहल हुन्छ, यतिसम्मकी दुर्घटनामा ज्यान गुमाउने कतिपय व्यक्तिका परिवार त हर्जना नपाएर महिनौँसम्म धर्नामा बस्नुपर्ने अवस्था छ ।

हेर्नुहोस् विगत ५ वर्षको सवारी दुर्घटनाको तथ्यांक

५ वर्षमा सवारी दुर्घटनामा १२ हजार ९६४ जनाको मृत्यु
आर्थिक वर्ष २०७४–०७५
पुरुष १,८७४
महिला ४०६
बालक १७०
बालिका ९१
ज्यान गुमाउनेको कुल संख्या २,५४१

आर्थिक वर्ष २०७५–७६
पुरुष २,०५६
महिला ४६७
बालक १६२
बालिका १०४
ज्यान गुमाउनेको कुल संख्या २,७८९

आर्थिक वर्ष २०७६–७७ मा
पुरुष १,६९१
महिला ३५६
बालक १३६
बालिका ६८
ज्यान गुमाउनेको कुल संख्या २,२५१

आर्थिक वर्ष २०७७–८८ मा
पुरुष १,९६३
महिला ३४७
बालक १३५
बालिका ५५
ज्यान गुमाउनेको कुल संख्या २,५००
आर्थिक वर्ष २०७८ – ७ मंसिर मसान्त
पुरुष २,२११
महिला ४५०
बालक १५५
बालिका ६७
ज्यान गुमाउनेको कुल संख्या २,८८३

सडकमा हुने दुर्घटना दैनिकजसो बढ्दै गएको तथ्यांक ट्राफिक प्रहरीसँग छ । तथ्यांक विश्लेषण गर्दै जाने हो भने आगामी दिनमा दुर्घटना कम हुने होइन थप बढ्ने जोखिम देखिन्छ ।

सडक दुर्घटनामा दैनिक औषत ६ देखि ७ जनाको मृत्यु हुने गरेको छ । यसले सडक दुर्घटना कति भयानक छ भन्ने पुष्टि गर्छ । त्यसैले सरकार सडक दुर्घटना रोक्न उत्तिकै संवेदनशील हुनुपर्ने जोड विज्ञको छ ।

सडक दुर्घटनाका कारण हुने मृत्यु रोक्न सकिन्छ । विश्वका कतिपय देशले सडक दुर्घटना न्यूनीकरणमा उदाहरणीय काम गरेका पनि छन् । संयुक्त राष्ट्र संघले नेपालमा सवारी दुर्घटना न्यूनीकरणका लागि सन् २०११ मा १० वर्षे कार्यक्रम नै सुरु गरेको थियो । तर सरकार र कार्यान्वयन गर्नेको चासोमा नपर्दा कार्यक्रम प्रभावकारी हुन सकेन । सरकारले दुर्घटना न्यूनीकरणबारे कहिले सोच्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *