Main News

गण्डकीको उपसभामुखमा थापा निर्वाचित

२०७९ माघ २ गते १७:२०
गण्डकीको उपसभामुखमा थापा निर्वाचित

२ माघ २०७९ गण्डकी । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित हुनुभएको छ ।

सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याउनुभएको थियो । प्रदेशसभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बस्नुभएको थियो । कांग्रेसका एक जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रहनुभयो ।

उपसभामुख थापालाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यले मत दिएका थिए ।

थापाको प्रस्तावकमा एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली र समर्थकमा माओवादी केन्द्रका सुशीला सिम्खडा रहनुभएको थियो । थापा समानुपातिक तर्फ बागलुङबाट निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *