Main News

दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाइँदै

हिमालय टिभी
२०७९ माघ २ गते १७:१०
दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाइँदै

२ माघ २०७९ काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगो लगाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज साँझ बस्ने बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउने जनाइएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज विहान भएको भेटवार्तामा मन्त्रालयको बाँडफाँटमा सहमति जुटेपछि संयन्त्रको बैठक बोलाइएको हो ।

सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिएको छ । बैठकमा सभामुख, उपसभामुख, राष्ट्रपति निर्वाचन लगायत विषयमा पनि छलफल हुने जनाइएको छ । ओलीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको बागबण्डा आजै टुङ्गिने बताउनुभएको थियो ।

यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । सभामुखको निर्वाचन माघ ५ गते तोकिएकाले पनि छिट्टै भागबण्डा टुंग्याउनु पर्ने दबाब गठबन्धनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *