उच्च भू-भागमा आज हिमपातको सम्भावना
२ माघ २०७९ काठमाडौं । आज चारवटा प्रदेशको मौसमामा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराई भू–भागमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसममा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया