Main News
राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा
२०७९ माघ २ गते ९:०७
![राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा](https://www.himalayatv.com/wp-content/uploads/2021/04/bida-.jpg)
२ माघ २०७९ काठमाडौं । पोखरामा हिजो भएको यती एयरको विमान दुर्घटनामा परेर मृत्यु भएकाप्रति शोक व्यक्त गर्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तर सामाजिक सञ्जालमा सरकारको यो निर्णयको विरोध भएको छ ।
एक दिन बिदा हुँदा राज्य सञ्चालनमा नकारात्मक प्रभाव पर्ने भन्दै शोक मनाउनकै लागि बिदा दिन नहुनेमा विभिन्न तर्क भइरहेका छन् ।
प्रतिक्रिया