Main News

विमान दुर्घटना छानबिन गर्न समिति गठन, भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७९ माघ १ गते १५:०१
विमान दुर्घटना छानबिन गर्न समिति गठन, भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

१ माघ २०७९ काठमाडौं । पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्‍को आज बसेको आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । समितिलाई ४५ दिनको समय दिइएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले समितिमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको जानकारी दिनुभयो ।

दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन बुझाउन समितिलाई म्याण्डेट दिइएको मन्त्री पौडेलले बताउनुभयो ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । त्यस्तै भोलि विमान दुर्घटनाको शोक घोषणा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *