Main News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

२०७९ माघ १ गते १३:१२
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

१ माघ २०७९ काठमाडौं । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिनुभयो ।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *