Main News

आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

हिमालय टिभी
२०७९ पुष ३० गते ९:१३
आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

३० पुस २०७९ काठमाडौं । आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो लागेको छ । विभागले आज दिउँसो कर्णाली, गण्डकी र प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति कर्णाली, गण्डकी र प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *