मधेसको सभामुखका लागि उम्मेदवारी दर्ता आज
३० पुस २०७९ जनकपुरधाम । मधेस प्रदेशको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ ।
प्रदेशसभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ । दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली आज नै दिउँसो ३ः३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ ।
प्रस्ताव भएको नामहरु माघ २ गते बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुनेछन् । नेकपा एमालेले सभामुख पदका लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।
सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको बाँडफाँड टुङ्गो केन्द्रबाटै लगाएका छन् । सोही सहमती अनुसार जसपाले मुख्यमन्त्री पाएको छ ।
नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने छ । यसअघी हिजो मधेस प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
प्रतिक्रिया