Main News
बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित
२०७९ पुष २९ गते १५:२८
![बागमती प्रदेशसभाको सभामुखमा पाठक निर्वाचित](https://www.himalayatv.com/wp-content/uploads/2023/01/bhuwan-pathak.jpg)
२७ पुस २०७९ मकवानपुर । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित हुनुभएको छ ।
प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट उम्मेदवार बन्नुभएका पाठक सभामुख पदमा निर्वाचित हुनुभएको हो । उहाँले ६२ मत प्राप्त गर्नुभएको प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०की सिर्जना सैजुले तीन मत प्राप्त गर्नुभएको थियो । बैठकमा कूल एक सय १० सदस्यमध्ये एक सय नौ सदस्य उपस्थित रहनुभएको थियो ।
प्रतिक्रिया