Main News
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने
२०७९ पुष २९ गते ९:०८
२९ पुस २०७९ दाङ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने भएको छ ।
प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा माघ ३ गते दिउँसो एक बजे सभामुख र उपसभामुखका लागि मतदान हुने उल्लेख छ ।
प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो । त्यसअघि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुखका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ ।
माघ २ गते नै बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया