Main News
सुदूरपश्चिम प्रदेशमा सभामुख पदका लागि आज मतदान
२०७९ पुष २९ गते ९:०३

२९ पुस २०७९ धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख पदका लागि आज चुनाव हुँदैछ ।
हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि मतदान हुन लागेको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ ।
हिजो भण्डारीले २६ र रावलले २३ मत पाउनु भएको थियो । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ ।
सत्ता पक्षकै एक सांसदको मत बदर भएकाले भण्डारी हिजो सभामुख चयन हुन सक्नु भएको थिएन । हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे चुनाव हुने भएको हो ।
प्रतिक्रिया