Main News

बागमती प्रदेशसभामा सभामुख लागि आज उम्मेदवारी दर्ता

हिमालय टिभी
२०७९ पुष २८ गते ८:५७
बागमती प्रदेशसभामा सभामुख लागि आज उम्मेदवारी दर्ता

२८ पुस २०७९ हेटौंडा । बागमती प्रदेशसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने पक्का भएको छ ।

सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले हिजो पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

भोलि प्रदेश सभाको बैठक बोलाउने र मतदान गरेर सभामुखको परिणाम सार्वजनिक गर्ने तयारी छ । प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

बागमती प्रदेश सभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टीका २ गरी १ सय १० जना सांसद छन् । सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *