Main News

प्रदेश १ ले आज सभामुख पाउने

हिमालय टिभी
२०७९ पुष २८ गते ८:५३
प्रदेश १ ले आज सभामुख पाउने

२८ पुस २०७९ विराटनगर । प्रदेश १ ले आज सभामुख पाउने भएको छ ।

आज बिहान ११ बजे बस्ने प्रदेश सभाको पहिलो बैठकले माओवादीका बाबुराम गौतमलाई सभामुख घोषणा गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले सभामुखमा एक जनाको मात्र उम्मेदवारी परेकाले आजको पहिलो बैठकले गौतमलाई सभामुखमा निर्विरोध भएको घोषणा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सभामुख चयन भएपछि बस्ने दोस्रो बैठकले उपसभामुख निर्वाचनका लागि मिति तय गर्नेछ ।

प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको थियो । सोहीअनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त भइसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *