Main News

कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादीबीच आलोपालो गर्ने सहमति

हिमालय टिभी
२०७९ पुष २७ गते १६:४९
कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादीबीच आलोपालो गर्ने सहमति

२७ पुस २०७९ सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ ।

पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई–दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा सहमति भएको हो ।

सुरुमा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले नेतृत्व गर्नुहुनेछ । त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति भएको छ ।

आजै प्रदेश प्रमुख कार्यालयमा शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरिउको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ ।

कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र एकीकृत समाजवादीका एकएक सांसद छन् भने १ जना स्वतन्त्र सांसद गरी ४० सांसद छन् । हालसम्म सरकारका लागि शर्मालाई २५ जनाको समर्थन जुटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *