Main News
प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने
२०७९ पुष २७ गते १३:५१

२७ पुस २०७९ मोरङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ ।
उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नु भएको थियो । उहाँलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले समर्थन जनाउनुभएको थियो ।
प्रतिक्रिया