Main News

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

हिमालय टिभी
२०७९ पुष २७ गते १३:२८
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त

२७ पुस २०७९ जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा०का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका यादवलाई नियुक्त गर्नुभएको हो । ६३ सांसदको समर्थनसहित यादवले आज दावी पेस गर्नुभएको थियो ।

यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ । यादव यसअघि प्रदेशसभाको सभामुख हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *