Main News

नेपालमा आपराधिक क्रियाकलाप गर्ने विदेशी नागरिक बढ्दै (भिडियो रिपोर्टसहित)

२०७९ पुष २६ गते २०:५८
नेपालमा आपराधिक क्रियाकलाप गर्ने विदेशी नागरिक बढ्दै (भिडियो रिपोर्टसहित)

२६ पुस २०७९ काठमाडौं । पर्यटनका रुपमा नेपाल सस्तो मुलुकहरुमा पर्छ । तर, पर्यटक बनेर नेपाल आउने र यहाँको कानून कार्यान्वयनका छिद्रताको मौको छोपेर आपराधिक क्रियकलाप गर्ने विदेशी नागरिक बढ्दै गएका छन् ।

यसतर्फ सरकारले ध्यान पुर्याउन नसकेको सरोकारवालाले आरोप लगाउँदै आएका छन् । बार्षिक २ सयभन्दा बढी विदेशी पर्यटक अबैधरुपमा बसोबास गर्ने र आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको तथ्यांक छ ।

यी माल्दोभाका नागरिक तानस् तानासोभ, ५ महिनादेखि उनी काठमाडौंको ठमेलमा अवैधरुपमा बस्दै आएका थिए । उनलाई प्रहरीले पुस २४ गते पक्राउ गरेर अध्यागमन विभागलाई बुझाएको छ ।

माल्दोभियन नागरिक तानासोभ मात्र होइन, नेपालमा अबैध बसेर आपराधिक गतिविधिमा संलग्न हुने विदेशी नागरिकको संख्या उल्लेख्य छ । सन् २०२२ मा मात्रै गैरकानूनी रुपमा नेपालमा बसोबास गर्ने र आपराधिक गतिविधिमा संलग्नको संख्या ५ सय ६४ रहेको तथ्याङ्क छ । जसमध्ये भिसा अवधि सकेर पनि १ सय ५० दिन भन्दा बढी बसेका ५ सय ३० नागरिक र अन्य आपराधिक गतिविधिमा संलग्न ३४ जना विदेशी नागरिक हुन । यो त २०२२ को संख्या हो ।

२०२२ मा आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकको संख्या–
आत्महत्याको प्रयास– ३ जना
बैंकिङ कसुर– २
लागुऔषधमा संलग्न– ३
वैदेशिक मुद्राको अवैध सटही– ४
ठगी कसुर– ४
मानव तस्कर– १
अपहरण– ३
कालोधनको कारोबार– १
नियोजित अपराध– १
राजश्व छली– ३
यौन दुर्व्यवहार– १
शंकास्पद गतिविधिमा संलग्न– १
जाली राहदानी– ९

अध्यागन विभागको ३ वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष २ सयभन्दा बढी विदेशी नागरिक नेपालमा अबैध बस्ने र आपराधिक गतिविधिमा संलग्न हुने तथ्यांक छ ।

सन् २०२०– ३३२ जना
सन् २०२१– २१८ जना
सन् २०२२– ५६४ जना

अध्यागमन कार्यविधि २०६५ अनुसार अपराधमा संलग्न विदेशीलाई २ वर्षदेखि १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गर्ने व्यवस्था छ । तर जघन्य अपराधमा संलग्नलाई कैद सजाय भुक्तान गराएर फिर्ता पठाइन्छ ।

पर्यटकका नाममा नेपाल आएका विदेशी संलग्न घटना
–पुस ६ गते पर्यटक भिसामा नेपाल आएका युक्रेनी र थाइल्यान्डकी दुई महिला साढे ५ केजी कोकिनसहित पक्राउ
–वैशाख पहिलो साता करिब १४ करोड रुपैयाँ बराबरको ७ केजी खैरो हेरोइनसहित जाम्बिया र भारतीय दुई महिला पक्राउ
–२०७८ कात्तिकमा कास्की प्रहरीद्वारा बाल यौन दुराचारको अभियोगमा क्यानेडियन नागरिक पक्राउ
–इन्टरपोलको रेडकर्नर नोटिसमा परेका तीन चिनियाँ नागरिक ३ वर्षअघि विमानस्थल हुँदै काठमाडौंमा

अध्यागमनले आफ्नो जिम्मेवारीको वोध नर्गदा नेपालमा पर्यटक व्यवस्थापन गर्न गह्रो भएको भन्दै ठमेल पर्यटन विकास परिषद्ले आरोप लगाएको छ ।

परिषदको यो आरोपमा अध्यागमन विभागले खण्डन गरेको छ । कुनै आपराधिक गतिविधि गर्ने विदेशी नागरिकलाई तत्काल पक्राउ गर्ने गरेको विभागको दाबी छ ।

विदेशी नागरिक नियमन र निगरानी गर्ने संयन्त्र प्रभावकारी नहुँदा गैरकानूनी रूपमा भित्रिएकादेखि कानूनबमोजिम नै आएका विदेशी आपराधिक धन्दामा जोडिएका छन् । भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न भिसा चाहिँदैन । बाँकी सबै देशका नागरिकले भने नेपाल आउन भिसाका प्रक्रिया पूरा गर्नुपर्छ । हरेक विदेशी पर्यटकको निगरानीमा सरकारले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *