Main News
प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि स-यो, एक बजे बस्ने
२०७९ पुष २६ गते १०:४८
२६ पुस २०७९ काठामडौं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।
नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ ।
प्रतिक्रिया