Main News

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

हिमालय टिभी
२०७९ पुष २६ गते ९:०४
लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

२६ पुस २०७९ दाङ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले आज नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछ । एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अपरान्ह ४ बजे मुख्यमन्त्रीका लागि दाबी पेश गरिने बताउनुभयो ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाउने सहमति छ ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार गत बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न ७ दिनको समयसीमा दिनुभएको थियो । जसअनुसार भोलि दिउँसो ४ बजेसम्म सरकार गठनका लागि दाबी पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *