Main News

बागमती प्रदेश मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त

हिमालय टिभी
२०७९ पुष २५ गते १४:४८
बागमती प्रदेश मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त

२५ पुस २०७९ मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेललाई नियुक्त गर्नुभएको हो ।

जम्मकट्टेललाई एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एसका ७ र हाम्रो नेपाल पार्टीका २ गरी ७० सांसदले समर्थन गरेका छन् । ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।

धादिङ क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित शर्माले भोलि सपथ लिने प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

शर्मा यसअघि मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *