Main News

समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ : प्रधानमन्त्री

२०७९ पुष २५ गते १४:००
समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छ : प्रधानमन्त्री

२५ पुस २०७९ काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *