Main News

इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो

२०७९ पुष २५ गते १३:५०
इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो

२५ पुस २०७९ काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ ।

आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ ।

यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु एक सय ८० भाडा घटेको छ ।

त्यस्तै काठमाडौँ–भद्रपुरमा रु छ सय, काठमाडौँ–विराटनगरमा रु चार सय ८५, काठमाडौँ–जनकपुरमा रु दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु दुई सय १५ र काठमाडौँ–पोखरामा रु तीन सय २० भाडा घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *